गज़ल (सुन कोशी पिडित प्रति समर्पित)

गज़ल (सुन कोशी पिडित प्रति समर्पित)

रोएर आकास रिसाई धर्ती, फुटेर गयो गाउँ

मान्छे र घर, अन्न र बाली, लुटेर लयो गाउँ

गुहार-गुहार, बचाऊ-बचाऊ, सुन्नेनी कोही छैन

सुनौलो बिहान देख्न नपाउदै, टुटेर गयो गाउँ

देख्दै थिए सपना मिठा, भोलि र पर्सिको

बिचरा ! तिनका सपनामै, छुटेर गयो गाउँ

पिलायो जल, खुवायो हिलो, त्यै कोशी नदीमा

वारी र परि डुबायो सबै, भुटेर लयो गाउँ

आखामा आशु, रहेन बास, न रहे केहि मन

बोकाई अझै दुखको भारी पुरेर गयो गाउँ

रोएर आकास रिसाई धर्ती, फुटेर गयो गाउँ

मान्छे र घर, अन्न र बाली, लुटेर लयो गाउँ||

Leave a Comment

Subscribe to my newsletters

Listen my Podcast