Saturday , February 24 2018

POETRY

तिमीले छोड्दा (कविता )

तिमीले छोडेर गएको दिन मेरा एकजोर मौन आखाहरू धेरै बेर सम्म रोए, र भने, ‘उ हाम्रा नानीलाई दुखाएर गई |’ तर- तिमीलाई थाहा थिएँन होला मेरा यी मौन आखाहरुले तिमीलाई मात्र सजाएर राखेको भन त अब, यी हँसिला आखालाई किन रुवायौ ?   मलाइ थाहा छ त्यो गोधुली साँझ तिमीतिरै …

Read More »

बुबा! म छु नि (कविता)

बुबा ! म सानो छंदा, तपाईंको काँधमा चढेर ठूलो मान्छे बन्ने रहर कहिलै मेटिएन र त- तपाईंको छातीमा खुट्टा बजार्दै तपाईंको टाउकोको कपाल मुसार्दै तपाइँभन्दा अग्लो हुँदा मेरो मुहारमा छल्कने खुसि देखेर तपाईंले टाउकोको झर्दै गरेको कपाल अनि छातीको दुखाइ कहिलै देखाउनुभएन। तर बुवा ! कपाल झरेर खुइलिदै गएको तपाइको …

Read More »

कबिता बन्दै बनेन (कबिता)

बाबाले बारीमा मकै उमारेझै उम्रिए शब्दहरु मेरो शब्दकोशमा र थुप्रिए मेरो मस्तिस्कको भकारीमा घारमा माहुरी भुनभुनाएझै भुनाभुनाए शब्दहरु मेरो मस्तिस्कमा राम्रा राम्रा फूलहरु छानेर दिदीले शप्तरंगी माला उनेझैँ उनिरहें मैले राम्रा शब्दहरुको माला तर अहं कविताको माला उनिदै उनिएँन   जब सुर्य उदाएको पुर्ब हेर्छु लाग्छ मेरो कबितापनि उदाउदैछ सुर्यसंगै …

Read More »

मेरो जन्म दिन

समयले फड्को मार्दै छ एकाएक दिनहरु परिबर्तन् भैरहेछन् छ ओटा ऋतु घुमेरहेछन नटुंगिने यात्रामा यसरीनै जीवनपनि नटुंगिने भय ? खै ! उमेर ढल्केको पत्तै भएन १७ औ बसन्त पार गरिसकेछ मेरो यो जन्मदिनले | सोच्दा बच्चै  छु जस्तो लाग्छ, कार्यमा सच्चा छु जस्तो लाग्छ, मेरो घमण्ड ! तर ! लालाहित छु आफैमा मेरो गन्तव्यहीन यात्रामा | केहि …

Read More »

असार-(कविता)

निलो आकास आज किन धुवाँको मुस्लोझैँ रंग बदलिरहेको छ घरि गड्याङगुडुंङ, घरि झरझर वर्षा, घरि हावाहुरी, यो सब के भैरहेछ ? म क्यालेन्डर हेर्न पुग्य- अहो ! असारपो लागेछ | प्रकृतिसंगै बाहिर निस्किय अनि नियाले आकास देखि जमिन सम्म, लाग्यो, अहो ! यो प्रकृतिले क्या सौन्दर्य दिलायाछ | असारे भाका …

Read More »

(एउटा चोटिलो र समय सान्दर्भिक मुक्तक)

कसैलाई रातारात मालिक बनाउछ काठमाडौँले कसैलाई हताहत शालिक बनाउछ काठमाडौँले ठग्ने, बेच्ने, लुट्नेकोनै धेरै ठुलो काम छ यहाँ – त्यसैलेत त्यस्तालाई वालिक बनाउछ काठमाडौँले ||

Read More »

मेरो देश-(कविता)

नेपाली मनको आलोक प्यारो हाम्रो यो नेपाल बुद्धको देश, शान्तिको देश शिरमा हिमाल नदि र ताल, झरना हेर विश्वको सुन्दर बीर को देश भनि नचिन्ने हामीलाई को छ र ? बुद्धको देश शान्तिको देश नेपाल आज खै लुट र फुट, हत्या र हिंशा एकता छैन है जति र भेष, प्रदेश …

Read More »